काठमाण्डु – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ खटिने प्रहरी कर्मचारीहरूलाई निर्वाचन लक्षित अनुशिक्षण कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबारबाट सुरू भएको छ । आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने प्रयोजनको लागि प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ अनुसार निर्वाचन सुरक्षार्थ खटिने प्रहरी कर्मचारीहरूलाई अनुशिक्षण प्रदान गरिएको छ । पहिलो चरणअन्तर्गत…