काठमाडौं–गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले हालै सरुवा भई आ–आफ्नो कार्यक्षेत्रमा खटिन लागेका प्रहरी उपरीक्षक (एसपी) हरुलाई गुण्डागर्दी जुनसुकै हालतमा पनि नियन्त्रण गर्न निर्देशन दिएका छन्। मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल प्रहरीका एसपीहरुलाई निर्देशन दिँदै गृहमन्त्री शर्माले भने, ‘गुण्डागर्दीका कारण सेवा प्रवाहमा समस्या सिर्जना भयो भने मान्य हुने छैन, गुण्डागर्दी नियन्त्रण गर्न आवश्यक उपाय अवलम्बन गर्नुस्।सम्झौता नगर्नुहोला।’…