काठमाण्डु– सैनिक अधिकृतहरुको उच्चस्तरको तालिम नगरकोटमा सुरु भएको छ । नगरकोटमास्थित नेपाली सैनिक वार कलेजमा बिहीबारदेखि हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु भएको हो । बलाध्यक्ष रथी प्रदीप जंग केसीले एक कार्यक्रमका बिच तालिमको शुभारम्भ गर्दै तालिमले सहभागी अधिकृतहरूको पेसागत क्षमता, ज्ञान र आत्मविश्वासमा अभिवृद्धि हुने विश्वास व्यक्त गरे । कुल ३५ जना महासेनानी दर्जाका…