प्रहरीका २८ जना अधिकृतहरू दर्ज्यानी चिह्नबाट सुशोभित

काठमाण्डु – प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले पदोन्नति भएका २८ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्नबाट सुशोभित गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उनीहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरे । नेपाल सरकार गृहमन्त्रीस्तरको २०८१ माघ ९ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा २५ जना,…