काठमाण्डु– भारतको ओडिसामा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) होस्टेलमा प्रकृति लम्साल मृत भेटिएको घटनापछि नेपाली विद्यार्थीले पीडितको गुनासो बेवास्ता गर्नेहरूमाथि कारबाही गर्न माग गरेका छन् । नेपाली विद्यार्थीहरुले भारतीय पक्षबाट असुरक्षित महसुस भएको भन्दै आफ्ना सर्त हरु पुरा नभए होस्टेल नफर्किने बताएका हुन् । उनीहरुले पुनः होस्टेल फर्किएर पढाइ जारी राख्नका लागि ८…