काठमाण्डु – राजधानी काठमाण्डु उपत्यका प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको बिदाइ गरिएको छ । मंगलबारदेखि ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेकी बज्राचार्यलाई सोमबार बिदाइ गरिएको छ । यससँगै काठमाण्डु उपत्यका प्रहरी कार्यालय प्रमुख पद रिक्त भएको छ । उनी काठमाण्डु उपत्यका प्रमुख बन्ने पहिलो महिला एआईजी थिइन् । बज्राचार्यले २०५१…