काठमाण्डु-त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको छ । एक सय २४ रनको लक्ष्य पाएको नेपालले १९ ओभरमा सवै विकेट गुमाएर एक सय नौ रन मात्रै बनायो । कप्तान रोहितकुमार पौडेलले ३९ बलमा दुई चौका र दुई छक्कासहित ३७ रन बनाए । यस्तै कुशल मल्लले १२, देव खनालले ११ तथा…