काठमाण्डु- स्पेनिस क्लब रियल मड्रिडले फिफा इन्टर कन्टिनेन्टल कपको उपाधि जितेको छ । गए राति भएको खेलमा मेक्सिकन क्लब पाचुकालाई ३–० गोलअन्तरले हराउँदै रियलले उपाधि जितेको हो । रियलको जितमा किलियन एमबापे, रोड्रिगो र भिनिसियस जुनियरले एक–एक गोल गरे । खेलको ३७औं मिनेटमा एमबापेले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को…