एनपीएलमा कर्णालीलाई हराउँदै सुदूरपश्चिम विजयी, अंकतालिकाको शीर्ष स्थानमा उक्लियो

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जीत दर्ता गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित गर्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जीतपछि सुदूरपश्चिम र विराटनगर किंग्स दुवैको ६–६ अंक भएका छन् । रनरेटका आधारमा सुदूरपश्चिम अग्रस्थानमा पुगेको छ । टस…