काठमाण्डु - वेष्ट इण्डिजका शिवनारायण चन्द्रपाल जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । जनकपुरले दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल) का लागि चन्द्रपाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । चन्द्रपालले सन् १९९४ देखि २०१५ सम्म वेष्ट इन्डिजबाट खेलेका थिए । उनले वेष्ट इन्डिजबाट १६४ टेष्ट, २६८ एकदिवसीय र २२ टी–२०आई खेल खेलेका छन् ।…