काठमाण्डु - अमेरिका र वेस्टइन्डिजमा जारी आइसिसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई हराउँदै प्रतियोगितामा तेस्रो जित दर्ता गराएको छ । अमेरिकाको न्युयोर्कमा गए राति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले बङ्गलादेशमाथि चार रनको जित हासिल गरेको हो । दक्षिण अफ्रिकाले दिएको ११४ रनको सामान्य लक्ष्य पछ्याएको बङ्गलादेश निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय नौ…