सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाण्डु – बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । एक १७ वर्षीय बालिकाले आफुलाई बलात्कार गरेको भनि महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । त्यसमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाण्डुले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको हो । लामिछाने हाल क्यारेबियन प्रतियोगिता खेल्न देश बाहिर छन्…