नेपालको पहिलो जित, अमेरिका ६ विकेटले पराजित

काठमाण्डु- जिम्बाबेमा जारी आईसीसी विश्वकप छनोट खेलमा नेपालले अमेरिकामाथि सहज जित निकालेको छ । ताकशिंगा स्पोर्ट्स क्लबमा भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो । जितको लागि अमेरिकाले दिएको २०८ रनको मध्यम लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि भीम सार्कीले अर्धशतकिय पारी खेले । उनले ७ चौका…