आईसीसी विश्वकप छनोट : आज नेपाल र नेदरल्यान्ड्स भिड्दै, जित्नै पर्ने दबाबमा नेपाल

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले नेदरल्यान्ड्सको सामना गर्दे छ । खेल टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बाट सुरु हुँदैछ । नेपाललाई सुपर सिक्सको यात्रा तय गर्न आज नेदरल्यान्ड्सलाई हराउनै पर्ने बाध्यता छ । दुई खेल हारिसकेको नेपालले आजको खेल पनि हारेमा समूह चरणबाटै बाहिरिनेछ । आजको खेलमा विजयी…