आयरल्यान्डलाई नेपालले दियो २६९ रनको लक्ष्य

काठमाण्डु - नेपालले आइसीसी विश्वकप छनोटको सातौं स्थानको लागि टेस्ट टोली आयरल्यान्डलाई २६९ रनको लक्ष्य दिएको छ। जिम्बावेको हरारेस्थित ताकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २६८ रन बनाउन सफल भयाे। नेपालका लागि गुल्सान झाले महत्वपूर्ण अर्धशतकिय पारी खेले । उनले ४२ बलमा ४ चौका र ३ छक्काको मद्धतमा ५७…