काठमाण्डु- संकटा फुटबल क्लबले २२औँ संस्करणको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप’ को उपाधि जितेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा अमेरिकाको भुटनिज युथ स्पोर्टस क्लब (विवाइएससी) मिनेसोटालाई ३-२ गोलले हराउँदै संकटा दोस्रोपटक च्याम्पियन बनेको हो । संकटाले यसअघि २०औँ संस्करणको पनि उपाधि जितेको थियो । विजेता टोलीले १२…