विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण हेर्न दर्शकले पाँच सय शुल्क तिर्नुपर्ने

काठमाण्डु - नेपाली टेलिभिजनले दर्शकसँग अतिरिक्त शुल्क लिएर कतारमा हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्न पाउने भएका छन् । न्यायाधीश प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश जारी गरेको हो । यसअघि न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अतिरिक्त ५०० रुपैयाँ लिने मिडिया हबको निर्णय…