काठमाण्डु - त्रिकोणात्मक टि-२० आई सिरिजको लिगमा अपराजित रहँदै नेपालले फाइनलमा स्थान पक्का गरेको छ । शनिबार भएको लिगको अन्तिम खेलमा मलेसियालाई ८६ रनले पराजित गर्दै नेपालले जितको श्रृंखलालाई कायमै राखेको हो । नेपालले दिएको २२४ रनको विशाल विजयी लक्ष्य पछ्याएको मलेसिया १९.५ ओभरमा अलआउट हुँदै १३८ रनमै समेटियो । मलेसियाका लागि ओपनर विरन्दीपसिंहले ४७…