पपुवा न्युगिनीलाई नेपालले दियो १८४ रनको लक्ष्य

काठमाण्डु- त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत पपुवा न्युगिनी (पिएनजी) लाई नेपालले १८४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पिएनजीले टस जितेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८३ रन बनाएको हो । नेपालका लागि राम्रो सुरुवात गरेका ओपनर कुशल भुर्तेल ११ बलमा ३ चौका र १ छक्कासहित २० रनमा आउट…