भारतलाई यु-१९ क्रिकेट विश्वकपको उपाधि

काठमाण्डु - इङ्ल्याण्डलाई चार विकेटले पराजित गर्दै भारतले आइसीसी यु-१९ एक दिवसीय क्रिकेट विश्वकपमा उपाधि जितेको छ । शनिबार सर भिभीयन रिचार्डस् स्टेडियममा सम्पन्न खेलमा इङ्ल्यान्डले दिएको १९० रनको लक्ष्य भारतले ४७.४ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि शैक रासिदले र निशान्त सिन्धुले अर्धशतक प्रहार गरेका थिए । रासिदले ८४ बलमा ६…