काठमाण्डु - सहिद स्मारक राष्ट्रिय ‘ए’ डिभिजन लिग पहिलो पटक काठमाण्डु बाहिर निस्किएको छ । यो सिजनको लिगअन्तर्गत केही खेलहरू पोखरा ल्याइएको हो । मनाङ मस्र्याङ्दी क्लबले पोखरालाई घरेलु मैदान मानेको छ । घरेलु मैदानमा मनाङले आज नेपाल पुलिस क्लबसँग प्रतिश्पर्धा हुनेछ । यसै वर्षदेखि राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशालालाई मनाङको होम ग्राउन्ड स्वीकृति दिएको…