काठमाण्डु - पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता भएको नेपाली टोली विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले सार्वजनिक गरेको नियमित वरीयतामा एक स्थान तल झरेको छ । बिहीबार फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९औँ स्थानमा पुगेको छ । यसअघि नेपाली टोलीको वरीयता १६८औँ रहेको थियो । दक्षिण एसियाको वरीयतामा आठौँ पटक साफ च्याम्पियन भारत १०३औँ…