टोकियो ओलम्पिकमा गौरिकाले आज प्रतिस्पर्धा गर्दै

काठमाण्डु – जापानमा जारी टोकियो ओलम्पिक–२०२० अन्तर्गत पौडीकी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दैछिन् । नेपाली समयअनुसार आज दिउँसो ३ः४५ बजे सुरु हुने प्रतिस्पर्धामा उनले १ सय मिटर फ्रिस्टाइलको पहिलो हिटमा प्रतिस्पर्धा गर्दैछिन् । उनी रहेको हिटमा नाइजेरिया, मोन्टेनेग्रो र गुआमका खेलाडी गरी चार खेलाडी छन् । यो स्पर्धामा सात वटा हिट हुनेछन् । समग्रमा ५२…