काठमाण्डु - एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण सुरु भएको छ । नेपालकै चर्चित टी-२० फ्रेन्चाइज क्रिकेटको चौथो संस्करणकाे त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिवार उद्घाटन गरिएको हो । प्रतियोगिताको उद्घाटन खेल साविक विजेता ललितपुर प्याट्रिओट्स र काठमाण्डु किंग्स-११ बीच सुरु भएको छ । काठमाण्डुले टस जितेर ललितपुरविरुद्ध बलिङ गर्दैछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको…