त्रिकोणात्मक टी–२० सिरिजः कुशल बने लगातार अर्धशतक प्रहार गर्ने विश्वकै पहिलो ब्याट्सम्यान

काठमाण्डु – त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत जारी नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा नेपालका खेलाडी कुशल भुर्तेलले लगातार तेस्रो अर्धशतक प्रहार गरेका छन । टियु क्रिकेट मैदानमा भइरहेको खेलमा कुशलले लगातार तीन खेलमा ओपनिङ गर्दै अर्धशतक प्रहार गरेका हुन् । योसँगै करिअरको पहिलो तीन टी–२० म्याचमा लगातार अर्धशतक प्रहार गर्ने उनी विश्वकै पहिलो ब्याट्सम्यान बनेका छन् ।…