पारस खड्का आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टर नियुक्त

काठमाण्डु – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरका रुपमा नियुक्त भएका छन् । अघिल्लो सिजन आबुधाबीबाटै टी–१० लिग खेलेका पारसले यस वर्ष भने कोचिङ टिमको जिम्मेवारी पाएका हुन् । यस वर्ष उनले युवा खेलाडीलाई मेन्टरको रुपमा प्रशिक्षण दिने भएका छन् । टिम आबुधाबीमा क्रिस मोरिस, रोहन मुस्तफा, ल्युक राइट, अविष्का फर्नान्डोलगायतका…