सागका पदक विजेतालाई तारकेश्वरको सम्मान

काठमाडौं – तारकेश्वर नगरपालिकाले हालै नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा पदक जित्ने आफ्नो नगरपालिकाका खेलाडीलाई सम्मान गरेको छ । नगरपालिकाको छैटौँ नगरसभामा बिहीबार पदक जित्ने छ खेलाडीलाई नगदसहित सम्मान गरेको हो । नगरपालिकाले सागमा स्वर्ण जित्ने करातेकी अनु अधिकारी र सुनिता महर्जन तथा साइक्लिङकी निष्मा श्रेष्ठलाई जनही २५ हजारसहित सम्मान गरेको हो…