काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद(साग)मा चञ्चला दनुवारले नेपाललाई पहिलो पदक जिताएकी छन् । कराँतेको सिनियर महिला व्यक्तिगत कातातर्फ चञ्चलाले भुुटानकी सोनाम ल्हामो र बंगलादेशकी हुमाइरा अख्तरलाई पछि पार्दै नेपाललाई रजत पदक दिलाएकी हुन् । तर उनी पाकिस्तानकी साइदासँग पराजित भइन् । पाकिस्तानकी साइदाले २५.२८ अंक ल्याउँदै स्वर्ण पदक जितिन भने चञ्चलाले २४.६२ अंक प्राप्त…