काठमाडौं – नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पाँचौँ संस्करणको आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा विजयी शुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखप) को कभर्ड हलमा केहीबेर अघि सम्पन्न पुरुष भलिबलमा आर्मीले आरजे भलिबल ग्रुपलाई ३–० सेटले पराजित गरेको हो । आर्मीले आरजे गु्रपलाई २५–९, २५–१६ र २५–९ अङ्कले हरायो…