विक्रम गिरी/काठमाडौं – पाँच वर्षअघिको कुरो हो । भारतमा हुन लागेको १२औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)को छनोट चलिरहेको थियो । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका हिमाल टमाटा पनि ट्रायथलन तयारीमा जुटिरहेका थिए । मेहेनत राम्रै गरेका थिए । नभन्दै १२औँ सागका लागि छनोट भए । टमाटा छनोट त भए तर भारतमा कसरी प्रतिस्पर्धा गर्ने…