एजेन्सी - अर्जेन्टिनी खेलाडी लियोनेल मेस्सीलाई तीन महिनासम्म अन्तर्रा्ष्ट्रिय फुटबल खेल्न प्रतिबन्ध लगाइएको छ। अर्जेन्टिनाको फुटबल टोलीका कप्तान मेस्सीले हालै सम्पन्न कोपा अमेरिका फुटबल प्रतियोगिता ’भ्रष्ट’ रहेको टिप्पणी गरेका कारण उनीमाथि प्रतिबन्ध लगाइएको हो। अर्जेन्टिनाका र चिलीबीच तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धाका क्रममा रातो कार्ड देखाइएपछि उनले मैदान छोड्नु परेको थियो। बार्सिलोनाबाट खेल्दै आएका ३२…