काठमाडौ – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग आईपीएलको दोस्रो क्वालिफायरमा पुगेको छ । बुधबार राति भएको एलिमिनेटर खेलमा दिल्लीले सनराइजर्स हैदरावादलाई २ विकेटले हराउँदै क्वालिफायरमा पुगेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ६२ रन बनायो । उसका लागि मार्टिन गप्टिलले ३६ तथा मनिश पाण्डेले ३०…