नेपालगञ्ज कप टी–२० प्रतियोगिता: गोर्खाज र रोल्पा विजयी

नेपालगञ्ज: आशिर्वाद पेन्ट्स नेपालगञ्ज कप टी–२० प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा एनआईसी एसिया दंगाली गोर्खाज र पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज विजयी भएका छन्। पहिलो खेलमा गोर्खाजले अर्घाखाँची सिमेन्ट्स बर्दिया टाइगर्सलाई ८ विकेटले तथा दोस्रो खेलमा पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजले आर्शिवाद पेन्ट्स पाल्पा योद्याजलाई १९ रनले पाखा लगाएका हुन्। पहिले ब्याटिंग गर्दै बर्दिया टाइगर्सले दिएको १ सय…