काठमाडौं–नेपाली क्रिकेटर रोहितकुमार पौडेलले विश्व इतिहास रचेका छन्। १६ वर्ष १४६ दिनका पौडेल सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने विश्वकै पहिलो खेलाडी बन्न सफल बनेका हुन्। आईसीसीले मान्यता दिएको एक दिवसीय क्रिकेट प्रतियोगितामा शनिबार यूएईविरुद्ध अर्धशतक पूरा गर्दै उनले यसअघि पाकिस्तानका साइद अफ्रिदीको नाममा रहेको सबैभन्दा कम उमेरमा प्रहार गरेको अर्धशतकको रेकर्ड ब्रेक गरेका हुन् ।…