नेपाल सुपर लिग : उपाधिका लागि पोखरा र ललितपुरले खेल्ने

काठमाण्डु- नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधिका लागि पोखरा र ललितपुरले खेल्ने भएका छन् । बुधबार भएको खेलमा स्टेफन समिर बिनोङको निर्णायक गोलमा दश जनामा समेटिएको पोखरा थन्डर्सले धनगढी एफसीलाई १–० ले हराउँदै फाइनलमा पुग्यो । पोखरा पहिलो पटक एनएसएलको फाइनलमा पुगेको हो । लगातार दुई पटक फाइनल खेलको धनगढी यसपटक प्लेअफबाट नै बाहिरियो ।…