एनपीएलमा आज दोस्रो क्वालिफायर : जनकपुर र कर्णाली खेल्दै

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दोस्रो क्वालिफायर हुँदैछ। यो खेलमा इलिमिनेटरको विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा पराजित जनकपुर बोल्टस्को रोचक भेट हुँदैछ। दोस्रो क्वालिफायरमा एलिमिलेटरका विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा हारेको टोली जनकपुरका लागि फाइनल पुगेर उपाधि होडमा रहने अन्तिम मौका हो। पहिलो क्वालिफायरमा विजेता टोली सुदूरपश्चिम फाइनलका लागि प्रतिस्पर्धी कुरिरहेको छ।…