झापा । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउन जिल्ला कार्यसमिति झापाले सिफारिस गरेको छ । नेता सिटौलालाई पार्टीको तर्फबाट उम्मेदवार बनाउन जिल्ला कार्यसमितिले सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ । संविधान निर्माण र शान्ति प्रक्रियामा नेतृत्वदायी भूमिका खेलेका सिटौलाको नाम सिफारिस गर्न जिल्ला कार्यसमिति, क्षेत्र, प्रदेशसभा क्षेत्र र गाउँनगर सभापतिको…