आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा

काठमाण्डु – नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई उनले राजीनामा बुझाएका हुन् । २०७८ फागुन २६ गतेको मन्त्रिपरिषद् बैठकबाट उनी निगमको कार्यकारी निर्देशक नियुक्त भएका थिए । निगममा ३ वर्षे कार्यकालका लागि नियुक्त भएका उनले कार्यकाल पूरा नहुँदै राजीनामा दिएका छन् ।