काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला नेतृत्वमा रहेको संस्थापनइतर समूहले राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवार छनोटको ‘मापदण्ड’ खोजेको छ । पार्टी कार्यसम्पादन समितिको बैठक बस्नुअघि बुधबार बसेको शेखर पक्षधर नेताहरूको बैठकले मापदण्डका आधारमा उम्मेदवार छनोट हुनुपर्ने निष्कर्ष निकालेको छ । विगतका निर्वाचनमा टिकट वितरण गर्दा सभापति शेरबहादुर देउवाले मनपरी गरेको र कुनै मापदण्ड निर्धारण…