संसद् भवन प्रवेश गर्न खोजेको आरोपमा सुनार पक्राउ

काठमाण्डु – संघीय संसद भवन नयाँ वानेश्वरमा प्रवेश गर्न खोजेको आरोपमा प्रहरीले खगेन्द्र सुनारलाई पक्राउ गरेको छ । दलितको लागि दलित अभियानका अभियन्ता सुनार मिनभवनबाट बानेश्वरतर्फ संसद् भवनमा जान खोजेपछि प्रहरीले पक्राउ गरेर बानेश्वर वृत्तमा लगेको हो । निषेधित क्षेत्रमा प्रवेश गरेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।