आफूविरुद्धको मुद्दाबारे प्रधानमन्त्री प्रचण्डले भने- दबाब महसुस भइरहेको छ

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको आफूविरुद्धको मुद्दा सामान्य नभएको बताएका छन्। उनले आफू प्रधानमन्त्री भएपछि पटक-पटक कार्यकारीविरुद्ध अदालतमा मुद्दा परेको भन्दै चिन्ता व्यक्त गरेका हुन्। मकवानपुरको हेटौंडामा समाजवादी मोर्चाले आइतबार आयोजना गरेको सन्देशसभामा सम्बोधन गर्दै एक खालको दबाब महसुस भइरहेको  बताए । 'विस्तृत शान्ति सम्झौताको मर्मविपरीत, संविधानसभा, संविधानको मूल प्रवाहमाथि कुठाराघात…