विराटनगर – पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले राम्रो काम गरिरहेको बताएका छन् । विराटनगरमा आयोजना समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नागरिकता वितरण, मिटरब्याज विरूद्धको कानून निर्माण, सुशासनको पक्षमा सरकारले काम गरेको बताए । उनले व्यवस्थाका अनेक त्रुटिलाई सच्याएर अगाडि बढ्न नसके…