एकीकृत समाजवादीले १५ दिने मेची-महाकाली अभियान चलाउने

काठमाण्डु- एकीकृत समाजवादीले १५ दिने मेची–महाकाली अभियान चलाउने भएको छ । सङ्गठनमा देखिएका समस्यालाई हल गदै पार्टी पङ्क्तिलाई क्रियाशील बनाउने उद्देश्यसहित मेची महाकाली अभियान चलाउने केन्द्रीय कमिटीको निर्णयलाई सचिवालय बैठकले कार्यतालिकासहित अनुमोदन गरेको हो ।अभियान अन्तर्गत सो पार्टीले मुलुकका रूपान्तरणकारी एजेन्डा जनतामाझ लैजाने जनाएको छ । सचिवालय बैठकले आगामी असोज १४ गतेदेखि २९ गतेसम्म मेची…