हेटौंडा – बागमती प्रदेशसभा बैठक भोलि भदौ २० गते दिउँसो १ बजे बस्ने भएको छ । २ महिनापछि हिजो सोमबार दिउँसो १ः३० बजेका लागि बैठक तय गरिएको थियो तर सरकारले विगतमा गरेका सहमति पालना नगरेको भन्दै विपक्षी दलले बैठक चल्न नदिने चेतावनी दिएपछि सूचना टाँस गरेर स्थगित गरिएको थियो । प्रदेशसभा बैठकको कार्यसूची तय गर्न…