टक खाती, काठमाण्डु- डडेल्धुराको परशुराम नगरपालिकामा नेकपा माओवादी केन्द्रले विद्यालयमा खुलेआम पार्टीको कार्यक्रम गरेको छ । संगठन विस्तारका लागि तीन महिने अभियान अन्तर्गत माओवादी केन्द्रले परशुराम-३ मा रहेको श्री भागेश्वर माध्यमिक विदयालयमा खुलेआम पार्टीको कार्यक्रम गरेको हो । नियम विपरित विद्यालयमा कार्यक्रम गरेपछि परशुराम नगरपालिकाले उक्त विद्यालयका प्रध्यानाध्यापकलाई के कति कारणले पार्टीलाई कार्यक्रम गर्न दिएको…