काठमाण्डु - समाजवादी मोर्चाको बैठक जारी रहेको छ । बैठक साेमबार बिहान नेकपा (एकीकृत समाजवादी)को कार्यालय आलोकनगरमा बसिरहेको हो । बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने जनाइएको छ । मोर्चा गठन भएको करिब तीन महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएपछि…