काठमाण्डु – नेपाली राष्ट्रिय क्रिकेट टीमका सदस्य सन्दीप लामिछानेको शल्यक्रिया गरिएको छ । क्रिकेटर लामिछानेको बालाजुस्थित सिल्भरलाइन अस्पतालमा बुधबार शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । अस्पतालका प्रबन्धक डा. अभिषेक राज सिंहका अनुसार लामिछानेको राइट डाइरेक्ट इङ्गुइनल हर्नियाको टोटल एक्स्ट्रा पेरिटोनियल (मास रिपेयर) गरिएको छ । लामिछानेको शल्यक्रिया डा. दीपक शर्मा नेतृत्वको टोलीले गरेको डा. सिंहद्वारा…