हिउँ चितुवाको आखेटोपहारसहित दुई जना पक्राउ

चितवन – संरक्षित वन्यजन्तु हिउँ चितुवाको आखेटोपहारसहित दुई जनालाई पक्राउ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले उनीहरूलाई मङ्गलबार पक्राउ गरेर आज सार्वजनिक गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले निकुञ्जका कर्मचारी र नेपाली सेनाको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई भरतपुर महानगपालिका – १० बाट पक्राउ गरिएको जानकारी दिए । अभियुक्तहरूलाई अनुसन्धानका लागि निकुञ्जको हिरासतमा…