काठमाण्डु- बूढीगण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरिएको छ । गोरखा जिल्लामा बन्ने १२ सय मेगावाट क्षमताको जलविद्युत आयोजनाको फिल्ड कार्यालयको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन् । यससँगै आयोजनाको निर्माण सुरु हुने अपेक्षा बढेको छ । नेपालको ऊर्जा क्षेत्रकै कायापलट गर्ने दाबी गरिँदै आएको १२ सय मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी आयोजना सरकार परिवर्तनपिच्छे…