राष्ट्रपति पौडेलको छातीमा राखियो पेसमेकर

काठमाण्ड- राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ । मंगलबार महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर राष्ट्रपति पौडेलको मुटुमा शल्यक्रिया गरेर पेसमेकर राखिएको हो। राष्ट्रपति पौडेल शीतल निवासमै गत शनिबार राति २ बजे बेहोस भएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो । त्यहाँ जाँच गर्दा मुटुको चाल कम पाइएपछि पौडेललाई तत्कालै मनमोहन सेन्टरको सीसीयूमा…