काठमाण्डु- राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले युद्ध अपराधको मुद्दा बोकेरे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदमा बस्न नमिल्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले प्रधानमन्त्रीलाई सर्वोच्च अदालतले जेठ ३० गते बोलाएको भन्दै अदालत जानुअघि प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग गरेका हुन् । ‘प्रधानमन्त्रीज्यू यो संसदको सदस्य पनि हो । तर, प्रधानमन्त्रीको विरुद्धमा सर्वोच्च अदालतमा…