काठमाण्डु - संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) पनि बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल जारी रहने छ। बजेटमाथिको छलफल गत सोमबारबाट सुरू भएको हो। गत जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले पेश गरेको बजेटमाथि पछिल्ला दिनमा छलफल निरन्तर चलिरहेको छ…