शरणार्थी प्रकरणको पर्दाफास र भारत भ्रमणका सम्झौता ऐतिहासिक छः प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व लिएपछि नक्कली शरणार्थी प्रकरणको पर्दाफास र भारत भ्रमणमा भएका सम्झौता ऐतिहासिक रहेको बताएका छन् । बुधबार माओवादी निकट प्रेस सेन्टर नेपालका पदाधिकारीसँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्ध डामिएकालाई नछाडिने र जोगाउन कतैबाट दबाब आए सरकारै छाड्न सकिने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले पार्टी मुख्यालय पेरिसडाँडामा आज बिहान…